३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा १० बैंकले ७० अर्ब लगानी गर्ने
२०८२ श्रावण २० मङ्गलवार
- आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ ।
काठमाडौं : स्वदेशी निजी क्षेत्रबाट निर्माण हुन लागेको अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना – ३४१ मेगावाट क्षमताको बूढीगण्डकीमा लगानी जुटेको छ ।
आंशिक–जलाशय प्रकृतीको यो आयोजना निर्माणका लागि १० वटा बैंक तथा वित्तीय संस्थाले ७० अर्ब रुपैयाँ लगानी गर्ने टुङ्गो लागेको छ । नेपाल इनभेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंक सह–नेतृत्वकर्ताका रूपमा रहनेछन् । अन्य ६ बैंक तथा एचआइडिसिएल समेतको संयुक्त लगानी रहनेछ ।
आयोजनामा कुल ७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ, जसमा ७५% (५२.५० अर्ब) बैंकमार्फत र २५% (१७.५० अर्ब) स्वपुँजी रहने आयोजनाका लगानीकर्ता मध्येका एक सुशील थापाले बताए । उनका अनुसार साहास ऊर्जाले ५१% (८.९२५ अर्ब) स्वपुँजीको नेतृत्व गर्नेछ, जसको सहायक कम्पनी टाइम्स इनर्जी प्रालि आयोजना प्रवद्र्धक हो ।
गोरखाको चुम नुब्री र धार्चे गाउँपालिकामा निर्माण हुने आयोजना पिकिङ रन अफ दि रिभर (पी–आरओआर) प्रकारको हुनेछ, जहाँ दैनिक ५ घन्टा विद्युत् उत्पादन हुने गरी जलाशय बनाइनेछ । भूमिगत विद्युत् गृहमा ५७ मेगावाट क्षमताका ६ वटा पेल्टन टर्बाइनमार्फत विद्युत् उत्पादन गरिनेछ । कम्पनीले २०८७ पुस १५ गतेदेखि व्यावसायिक उत्पादन गर्ने लक्ष्य लिएको छ, जसबाट वार्षिक १८६७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् ४५ किलोमिटरको २२० केभी प्रसारण लाइनमार्फत एमसिसीद्वारा निर्माणाधीन रातमाटे सबस्टेसनमा जोडिनेछ । यो आयोजना निजी क्षेत्रको तमोरमा भइरहेको २८५ मेगावाटको परियोजनाभन्दा पनि ठूलो रहेको छ, जसले नेपालको ऊर्जाक्षेत्रमा नयाँ कीर्तिमान राख्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।